हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड
Showing posts with label गजल चौतारी. Show all posts
Showing posts with label गजल चौतारी. Show all posts

काबिता - औतारी लामा, हाम्रा शासक र हरिखड्काहरु

खेलमैदानको डि एरिया भित्र पुगेर पनि
यसरीनै आपसमा लडभिड गर्दै गएउ भने
मुलुक निर्माण नेतृत्वको शिल्ड
जित्न त गाह्रो तिमिहरुलाई गाह्रो पर्ला नि ?
रातो कार्ड पाएर खेलमैदान छाडेर हिडनु पर्ला नी ?
होसीयार वन है राजनैतिक हरि खड्काहरु हो ।
हात्ति आयो हात्ति आयो फुस्सा भन्ने उखानलाई सम्झन वाध्य नपार
हामीलाई फेरी ।
माछा माछा भनेर चिच्याई हिड्ने नेपाली जनताको हातमा
भ्यागुतो मात्र पाएको उखानको को चरितार्थ पनि नहोस ।
त्यसैले अफसाईड गोल पनि नहान है
जुमानु राईहरु हो
आफुलाई औतारी र देशलाई चौतारी पनि नसम्झ ।
आफुलाई शासक र हामीलाई रैति पनि नसम्झ ।
हामी त नागरिक हौ त्यो पनि २१औं शदीका
हामी त डल्फीन माछा हौं गहिरो नदिका ।


लेखक
भागवत राउत
त्रियुगा नगरपालिका - १, बोक्से

विक्रीमा वसेको उधोग - भागवत राउत


कुनै विग्रिएर/कुनै बिगारेर
कुनै नियतवस चोरेर बेचेर
एकएक गरी जापानीजले दिएको धेरै सक्कली पार्टपुर्जा सिद्धीए
केही चोर्न नसकेर/बेच्न नसकेका
केही भाँच्न नसकेर/बाँच्न सकेका
केही नविकेका/त्यसैले धेरै टिकेका
कुनै सामानहरु चोरले पनि चोर्न नसकेको
व्यवस्थापन र कर्मचारीहरुले सोहोर्न नसकेका
एकादुई सक्कली वाहेक धेरै नक्कली भएका
धेरै नक्कली भएर थोरै सक्कली भएका
फोडफाड पारिएका/जोडजाड पारिएका
सक्कली भन्ने धेरै चिज बाँकी नरहेका
नक्कलीले सजिसजाउ र भरिभराउ पारिएका
कुच्चीएका नड.लाई नड.पालीस लगाएर
सुन्दर वनाउने प्रयत्न गरिए जस्तै
बहिरी आवरण र सुन्दरता मात्रै राम्रा
भित्र साह्रै खराव र नराम्रो धेरै ठाऊँ वाँधिएको छ काम्रा
जवानी मै वूढो भै सकेको
सन्निपातको रोगी जस्ता
आफूलाई सुधारिएको हेन
तीव्र ईच्छा र अभिलाषा वोकेर
श्रीपुरको जङ्गलछेउमा
निरन्तर झोक्रिएर वसीरहेको छ उदयपुरको गौरव उसीउली
जालीहरुकै चल्छ सधै हालीमुहाली
धेरै मान्छेले भन्छन्
यस्लाई सुधार गर्नुहुन्न अव निजीकरण गर्नुपर्छ
अनि थोरै तिनोले नभरिने हाम्रो पेट भर्नुपर्छ ।
यी कलकारखानाहरु/यी उधोगहरु
राख्नुहुन्न हाम्रो देशमा
रम्नुपर्छ हामी आफ्नै भेषमा
अनि गर्नुपर्छ खेती र पाती
जी.एम. हुन त चढाउनुपर्छ भेटी र पाती
तर हलो जोत्न त भेटी चाहीन्न
मात्र पाखुरी भए पुग्छ
चढ्नको लागि टाकुरी भए पुग्छ
उधोग नफस्टाउनुको कारणएक्लो वृहस्पती झुट्टा भएर हो कि ?
राजनितीकरण वढता भएर हो कि ?
यूनियन धेरै भएर हो कि ?
उधोगलाई चलिरहन्छ निरन्तर खोकी ।
मनभरी चिन्ता र पिर मात्र वोकी ।
नियाउरो मुख लगाएर
श्रीपुरको जङ्गलछेउमा वसेको छ
विक्रीमा वसेको उधोग
हाम्रो सिमेन्ट उधोग


लेखक - भागवत राउत
त्रि.न.पा.१ उदयपुर   

भागवत राउतका कविताहरु

साँढा नेता


भान्सा विग्रीयो चुहुने भाँडा
सन्तान विग्रीयो लाटा गाँढा
हाम्रो त देश विग्रीनै लाग्यो नि हजुर
किनकी
हाम्रो त नेताहरुनै छन् साँढै साँढा ।




अञ्जान बुढी वज्यू


सहयोगको याचना गर्दै
बिदेश गमनको खातिर
विमान स्थलतर्फ
हुइकिदै गएको चिल्लो गाडि देखेर
एकजना बुढी वज्यूले, आमैले, कोक्कुले
विनीत भावमा, आशातित नजरमा
आफ्नै मुहार जस्तै कच्याक कुचुक्क भएका
सेलीवरको बोटुको पसारिन
बिचरा बुढी वज्यूलाई के थाहा ?
गाडि भित्र उ जस्तै अर्को भिखारी छ भनेर





लेखक - भागवत राउत
त्रि.न.पा.१ उदयपुर   

तिम्रै तस्बिर - कविता

तिम्रै तस्बिर सधै सधै हेरिरहे 
तिम्रो सामु पर्दा सधै सधै टोलाइ रहे

मनमा सधै तिम्रै सपनाका महलहरु सजाइ रहे
सधै तिमी म बाट टाडा गयौ किन ?

नयनभरी तिम्रै तस्बिर सजाइ हरे 
हुरी बताशा आधीबेहेरी जे जस्तो आए पनि 

तिमीले दिएको आशुको उपहारलाई 
सधै मैले मेरो दिलमा सजाइ रहे 

धेरै माया अनि सम्झना छ तिमीलाई 
मलाई धोका दिएर गएता पनि 

तिम्रै तस्बिर आज हेरी रहे, हेरी रहे 




     लेखक
योगेन्द्र गिरी (संघश)
धुपू-१ लेब्रंग, संखुवासभा, कोशी - नेपाल 
इमेल- yogendra.yogen@yahoo.com

कबितामा गाईघाट - भागवत राउत

गाईघाट !!!
वरुवा र त्रियुगाको चेपुवामा परेर
औलो ले थलीएर
धेरै ढिलो वैंस आएको भएतापनि
जवानीको पीङ्गमा मच्चदै
वैंशको सगरमाथा चढ्न शुरु गरेकी
भर्खर भर्खर यौवन संग भेट भएकी
कुनै रुपवति र गुणवत्ति युवति जस्तै
राम्री छे गाईघाट ।

सिमेन्ट उधोग

उदयपुर सिमेन्ट उधोग
कारखाना मध्ये नेपालकै ठूलो हो ।
सिमेन्ट भनेको चुनढुङ्गाको धुलो हो ।
यो उधोग राष्ट्र कै ज्योति समान भएपनि
देशकै आँखाको फुलो भो ।
सिमेन्ट भट्टी
उदयपुरे जनताको सपनालाई पकाउने चुलो भो ।
उधोगको तौलकाँटा
जनताको आकांक्षा जोख्ने तुलो भो ।
यो उधोग भष्ट्रचारी लुक्ने कालो दुलो भो ।
किनकी उधोग व्यवश्थापन ज्यादै लुलो भो ।
कारण त्यहाँ व्यवस्थापन भन्दा यूनियन नै ठूलो भो ।

लेखक - भागवत राउत
त्रि.न.पा.१ उदयपुर   


कविता, एउटा सिनेमाघर !



द्वन्दको तमासा
निकै फापेकोछ
सिनेमाघरमा |

अप,शिर अनि
चिरहरणहरु
प्वालहुदै पर्दामा ठोकिन्छ
सिनेमाघरको विषद तुलमा
रंगिन आकृति बनेर |

बाल्कोनीमा बुज्रुकहरू
निमुखा, पलेटी या त उभिएरै
शुन्य प्रतिबाद-केवल हेर्न
प्वालको इसारा, पर्दाको तमासा...
हामी दर्शक \ पात्र
हाम्रो देश
एउटा सिनेमाघर !!


By - सुबास अम्बोटेली

गजल

ओ!याद,बिदाको
जिबन दिदाको

चेतन प्यालामा
सितन पिडाको

खुल्ला आँखा छन्
दृश्य निदाको

मजै बेगल छ
आघात लिदाको

By - आम्बोटेली

गजल

हास्न बोल्न रोक छ
घेराबन्दि चोक छ

हेर्दा सुन्दर बाहिर
भित्र अर्कै ठोक छ

हल्ला मात्र समान
माथि बाटै तोक छ

जाजरकोटे दशैं
खुशी भित्र शोक छ

बास्मतिको गफगाफ
कनिकाको भोक छ 
by - आम्बोटेली 

राजु राईका “केही हाइकुहरु”

हाइकुको बारेमा मलाई खासै थाहा छैन, त्यही पनि मैले एक जनाको साथीको ब्लगमा लेखिएको केही हाइकुहरु सरसर्ती हेर्दै जादा शायद यस्तै हो कि भन्दै धेरै अगाडि लेखेको हाइकुहरु पेश गरेको छु यहाँ । केही त्रुटी भएकोमा क्षमाप्राथी चाहन्छु - राजु राई

जम्बो मन्त्रीमण्डल
पराजित नेताहरु मन्त्री
सिडिओको गालामा झापड

रामेको खाडी मुलुक प्रस्थान
सिता कुम्लोकुटो कसी सुइकुच्चा
बालबच्चाको बिचल्ली

हिन्दिमा सपथ
न्यायधिशको सुर्काइ
उपराष्ट्रपतिको घुर्काइ

by - राजु राई  web - http://meropaila.wordpress.com/

गज़ल

 
सुबास 'आम्बोटेली' को गज़ल

बाल्यकालमा चरणको बाटो यही थियो
कस्तो लेखा मिलन अनि फाटो यही थियो

कति मिठो आहा ! तिम्ले बनाएकि खान्की
तिउन र च्याख्ला पाक्ने माटो यही थियो

दोभानले पाखालेका चिप्लेटिका ढुंगा
हाम्रो लागी ढिकी अनि जातो यही थियो

सृंगारिन्थेउ दुलहीझैँ कैले बन्थेउ लाटी
तिम्रो लागि दुलाहा र लाटो यही थियो

लहरामा फैलिएका भोर्ला का यी पात
पिपिरीलाई बाजा अनि छातो यही थियो
-सुबास 'आम्बोटेली' पलहरु (गजल संग्रह)




गज़ल

नछानेको हैन मैले पाई'न के गरौं ?
नमानेको हैन माया लाई'न के गरौं ?

प्रेमिकाको पुष्प रानी गुलाबी ति थुंगा ,
नहानेको हैन चुल्ठो छाई'न के गरौँ ?

हृदयका पाना भरि पिरती लेख्नेले
नजानेको हैन गीत गाई'न के गरौँ ?

इशाराको तिर हानी बोलाई नजिकै
नभनेको हैन बाचा खाई'न के गरौं ?

दोबाटोमा भेट्दा खेरि हातैमा समाई
नतानेको हैन यतै आई'न के गरौं ?
by - आशांक उपाध्याय

जीवनभित्र एउटा रेखा

हिलेकाहीँ पिरो मात लाग्छ र भीडदेखि उछिट्टिएर कतै अलप हुन मन लाग्छ । हिन्दी धार्मिक सिरियलहरूमा देख्न पाइने जस्तो आँखा चिम्लिनासाथै झुलुक्कै अलप भएर चाहेको ठाउँमा पुग्ने देउती माता-पिता त आफू परिएन । दिक्क लाग्दा लुखुर-लुखुर टहलिँदै हिड्दा मजै बेग्लै । त्यस्तै पिरो मातले छोप्दा एक दिन पशुपतिनाथ मन्दिरको शरणागत हुन जान मन लाग्यो । धिपधिपे साँझमा ऊर्जावान् लाल्टिन खोज्दै भौतारिएको म पशुपतिनाथ परिसरमा पोलिँदै गरेका ताजा शवहरूको धुवाँले तरङ्गित भएँ । परमानन्द ! जीवन भेट्नु-चिन्नुको हलुकापनबाट म सुमसुमिएको थिएँ । केही तस्बिरहरू खिचेँ, दर्शक बनेँ आफ्नो भावी आरामकक्ष जस्तो चिताहरूको । र घर फर्किएर मध्यरातमा यो कविता लेखेँ ।

जीवनभित्र एउटा रेखा

झोसेको चुरोट हो कि
आफैँलाई ?
 
सल्किँदै 
खिइँदै 
चुसाइका बेहिसाब कोरनहरुमा 
अचाक्ली पेलिँदै 
फेरि फेदीसम्मैको यात्रा 
लागेको छ हात 

यसैलाई डोर्याउनु छ 
र जानु छ चुपचाप 
लम्बिएर पनि छोटिँदै तय भएको
नचिनेको आफ्नो घर ।
लेखक - Jotare Dhaiba 

गज़ल

साँच्चा कुरा भनेपछि झुटो भएँ मायामा
पोल्दापोल्दै उम्किएको ठूटो भएँ मायामा

सपनाका पालुवामा डढेलोले पोलेर
कालाहाँगा बोकी बस्ने बुटो भएँ मायामा

चाहनाका बगैंचामा फूलै फूल रोपेर
अर्जाप्न चैं बिर्सिएको कुटो भएँ मायामा

उँधो झर्ने मृग सरि दगुर्दै छु भागेर
नियतिले लात्त हान्यो फूटो भएँ मायामा

सपना ति सग्ला पार्न ओख्ली भित्र पसेर
मुस्ली छल्न नजानेर ढुटो भएँ मायामा 

आशांक उपाध्याय 

गज़ल

एक्लै उड्ने मौरी थिएँ तिमि पाएँ घार भयो
अँध्यारो यो भगाउने बिजुलीको तार भयो

दिक्क भइ भौतारिंदै ठक्करका चोट खाँदा
सुकोमल अंगालोले बेर्छु भन्यौ प्यार भयो

जन्म एक, पाठ दुइ, यौवनले तीन मात्र
जीवनको साथी भेटें मेरो पनि चार भयो

भविष्यका थुंगाहरु उने पनि अधुरै थे
गुलावको फुर्को मिल्यो अब पूर्ण हार भयो

हिजोअस्ति एक्लै थिएँ आज कोहि आफ्नो बन्यो
अल्लारे यो आशांकको बल्ल घरवार भयो 

writer- आशांक उपाध्याय

गज़ल

मेरो माया पाएँ भनि खोकी हिन्छ्यौ रे
तस्विरमा हेरी ओठ टोकी हिन्छ्यौ रे

आफ्नो नाम जोडी मेरो पर्चा छपाई
चोक चोक टास्छु भनि बोकी हिन्छ्यौ रे

चिना जान केहि छैन हाम्रो बिचमा
प्रेम पत्र पाएँ भनि घोकी हिन्छ्यौ रे

पत्तै छैन तिम्रो रुप अझै मलाई
बिहे गर्ने मिति पनि तोकि हिन्छ्यौ रे


आशांकको जीवनमा ठाउं नपाए
मरि दिन्छु भन्दै तालु ठोकी हिन्छ्यौ रे 

from - आशांक उपाध्याय 

गज़ल

मन मिल्यो तिम्रोमेरो अचम्म भो
पिरतीको सेरो'फेरो अचम्म भो

फिक्का थिए जीवनका भित्ताहरु
पोत्न तम्सियौ क'मेरो अचम्म भो

सुक्दा सुक्दै खडेरीमा आशा कुवा
बग्यो मायाको पधेरो अचम्म भो

अन्यौलको निष्पट्टता भित्र पनि
चम्कियो मन अधेरो अचम्म भो

काकाकुल जसै गरि रुदै थियो
आशांक बन्यो भंगेरो अचम्म भो 


from-आशांक उपाध्याय

गज़ल

थुकेर गयौ मायाको बगर छाडेर बालुवा
सुकेर गयो प्रीतिको रहर आएन पालुवा

खोजिन मैले अशल खराब तिमीमा नियाली
बितेर गयो यौवन प्रहर भएछु डुलुवा

सोचिन किन मिलन बिछोड नियति ठानेर
नयनबाट उर्लियो नहर बनेर पिलुवा

ज्योतिष हैन देखिन आउला दिन यो भनेर
के यस्तो भयो? जीवन यो मेरो डढेको हलुवा

मिलेरै हिड्ने बाचा र कसम भुलेछौ तिमीले
'आशांक' धाउँदा फाटेछ उसको जुत्ताको तलुवा 


from- आशांक उपाध्याय

गज़ल

अन्जानमा हजुरको मनलाई दुखाएँ कि
अलिकति मुटुभित्र कुविचार लुकाएँ कि ?

आज्ञाकारी बन्नलाई कोशिस त गरेकै थें
अवज्ञाको पाँजाहरु नजानेरै सुकाएँ कि ?

चिनाजानी राम्रै थियो घनिष्ट नै थियौं हामी
पुर्णिमा र चन्द्र जस्तो नातालाई फुकाएँ कि ?

नदेखेर हुँदै हैन, तर्किएर जानु भयो !
सधैंभरी ठाडो हुने शिरलाई झुकाएँ कि ?

पुर्पुरोको खेल किन नबुझेको 'आशांक' ले
नयाँ दिन नदेखी नै गयो माया चुकाएँ कि ? 
  
from-Ashank आशांक उपाध्याय

गज़ल

झरें भने झरी गएँ रहे सुंघ्नु फूल ठानी
जति टाढा गए पनि आई ठुंग्नु फूल ठानी

इसाराले बोलाउँदा नदेखे झैं गरें भने
बारुलाले चिले सरि ओठ चुम्नु फूल ठानी

एक्लै हुँदा कुनै बेला न्यास्रिएर् बस्नु परे
पिरतीको गोधुलीमा छाई घुम्नु फूल ठानी


मेरो नाम जोडे पछी कुरा काट्ला दुनियाले
सुने पनि नसुने झैं गरि उंघ्नु फूल ठानी

बाध्यतामा बाँधिएर केहि पर पुगें भने
फर्कने छु,'आशांक' को वाचा रुंग्नु फूल ठानी


from - आशांक उपाध्याय